२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौं । मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच वटा कृति सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३१३ कृतिमध्ये उत्कृष्ट पाँच पुस्तक छानिएको हो।
उत्कृष्ट पाँचमा सुविन श्रेष्ठको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको मदन पुरस्कार गुठीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij