Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजारमा भारी गिरावट, यस्ता छन् तीन कम्पनीको शेयरमूल्य ?

शेयर बजारमा भारी गिरावट, यस्ता छन् तीन कम्पनीको शेयरमूल्य ?


  • 6.5K
    Shares

    शेयर बजारमा भारी गिरावट, यस्ता छन् तीन कम्पनीको शेयरमूल्य ?
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) भारी गिरावट आएको छ । सोमबार नेप्से ४०.५४ अंकले नेप्से बढेर दुई हजार पाँच सय १५ दशमलब ०३ विन्दुमा पुगेको थियो ।        

    नेप्सेका अनुसार आज ५९.७० अंकले नेप्से घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा पुगेको छ भने ६ अर्ब ११ करोड ९६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।   
      
    आज शेयर बजार राताम्मे भएपनि तीन कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स, साल्ट ट्रेडिङ कर्पोरेशन र हिमालयन पावर पार्टनर रहेका छन् ।

    चन्द्रागिरी हिल्सको ९.८९ प्रतिशतले शेयरमूल्य बढेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन ९.९९ प्रतिशतले शेयरमूल्य बढेको छ भने  हिमालयन पावर पार्टनरको ८.८९ प्रतिशतले शेयरमूल्य बढेको छ । 

     

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - १५:४४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij