Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणगढ-मुग्लिन सडक खुल्यो


  • 2.7K
    Shares

    नारायणगढ-मुग्लिन सडक खुल्यो
    images

    चितवन । अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५: २० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २: २० बजेबाट सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । 

    इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो । बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरुपमा सञ्चालनमा आएको हो ।  

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । यस सडक-खण्डमा पटक/पटक पहिरो खस्दै आएको छ ।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १७:२४:४४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij