Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

प्रतिनिधिसभाको बैठक बस्दै, हट्ला एमालेको अवरोध ?

प्रतिनिधिसभाको बैठक बस्दै, हट्ला एमालेको अवरोध ?


  • 2.9K
    Shares

    प्रतिनिधिसभाको बैठक बस्दै, हट्ला एमालेको अवरोध ?

    काठमाडौं । आज प्रनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि तय भएको छ । सोमबार बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको थियो । 

    सम्भावित कार्यसूची अनुसार, आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाइने कार्यक्रम छ ।

    आजैको बैठकले टोपबहादुर रायमाझीलाई संसद्बबाट निलम्बित भएको जानकारी पनि गराउँदैछ । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेका रायमाझी अहिले जिल्ला अदालत, काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।

    त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्ने प्रस्ताव पनि कानून मन्त्री धनराज गुरुङले प्रस्तुत गर्दैछन् ।

    यसबाहेक, शिक्षा मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने तथा सभामुखले १० वा सोभन्दा बढी पटक बैठकमा अनुपस्थित सांसदको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

     

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १०:०६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij