२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आउँदो भदौ १६ गतेदेखि जनतासँग 'माओवादी विशेष रुपान्तरण अभियान' चलाउने भएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विशेष अभियानबारे जानकारी घोषणा गरेका हुन्।
उनले भदौ १५ गतेसम्म तयारी गरेर १६ गतेदेखि देशभर एकैसाथ यो अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले अभियानका लागि सबै वडामा एउटा घर पनि नछोडी जानका लागि केन्द्रीय सदस्यहरुसँग आग्रह गरे।
‘तीन महिनामा कुनै पनि घर छुट्न हुँदैन, तपाईंहरु राप्रपाको घरमा जानुस्, कांग्रेसको घरमा जानुस्, एमालेको घरमा जानुस्,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी नै नभएको ठाउँ किन नहोस्, प्रत्येक घरमा जानुस्, गएकै हुुनुपर्छ। त्यसको रेकर्ड पार्टीले राख्छ।’
उनले ६ हजार ७ सय ४३ वटै वडामा कमिटी बनाउन र त्यसको नेतृत्व लिन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्। यो तीन महिना एकताबद्ध भएर अभियान चलाएपछि नयाँ पार्टी बन्ने अवस्था देख्छु,’ उनले भने,।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij