Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेकपा माओवादीले थप्यो २२ जना महिला केन्द्रीय सदस्य (नामावलीसहित)

नेकपा माओवादीले थप्यो २२ जना महिला केन्द्रीय सदस्य (नामावलीसहित)


  • 2.6K
    Shares

    नेकपा माओवादीले थप्यो २२ जना महिला केन्द्रीय सदस्य (नामावलीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीमा २२ जना महिला थप गरेको छ । केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला हुनैपर्ने विधानअनुसार उसले २२ जना महिला सदस्य थप गरेको हो । यससँगै माओवादी केन्द्रको केन्द्रीय कमिटि ४०७ सदस्यीय बनेको छ । गत बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो ।

    थपिने सदस्यहरूमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही र छमकुमारी खनाल छन् । यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन्। सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक र शरू चौधरी छन् ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १५:००:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij