Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग


  • 2.6K
    Shares

    स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग

    काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा पिछडिएका युवतीहरुको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्प: सेपिङ दि फ्युचर प्रोजेक्ट’लाई उक्त आर्थिक सहयोग प्रदान गरेको हो।

     

    सिल्प प्रोजेक्ट बागमती र कोशी प्रदेशका विद्यालय वा उच्च माध्यमिक विद्यालय छाड्ने युवतीहरुलाई सर्टिफाइन्ड ब्लु–कलर जब स्किल प्रदान गरी सशक्तीकरणमा केन्द्रित रहेको छ। यो ‘प्रोजेक्ट किशोरी’ विस्तारित परियोजना हो। युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवन उपयोगीसीप प्रदान गर्ने उद्देश्यले सञ्चालित प्रोजेक्ट किशोरीलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकले सहयोग गरेको थियो।

    प्रोजेक्ट किशोरीले युवतीहरुलाई आवश्यक रुपान्तरण र जीवन उपयोगी सीप प्रदान गर्दछ भने प्रोजेक्ट सिल्पले अघिल्लो समूहका केही सर्टलिस्ट गरिएका युवतीहरुलाई उद्योग सञ्चालनका कामका लागि आवश्यक सीप प्रदान गर्दैछ। यी प्रोजेक्टको मुख्य उद्देश्य युवतीहरुलाई आफ्नो शिक्षामा खर्च गर्न सक्ने गरी दीर्घकालका लागि आर्थिक रुपमा स्थिर बनाउने नै रहेको छ।

    यी दुवै प्रोजेक्टको मुख्य लक्ष्य सातै प्रदेशका १० वटा भन्दा बढी सार्वजनिक कलेजका २०० बढी उच्च शिक्षा हासिल गरेका युवतीहरुलाई लाभान्वित बनाउने रहेको छ। बैंककी कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ हेड वर्षा पिल्लाई सिक्वल फाउन्डेसनसँगको यो सहकार्यले पिछडिएका युवतीहरुलाई आफ्नो शिक्षालाई निरन्तरता दिन हौसला प्रदान गर्ने बताइन्। 

    ‘यसका साथै उनीहरुलाई प्रदान गरिने जीवन उपयोगी सीपले तिनका परिवाहरुको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ’, उनले भनिन्, ‘आउँदो पुस्तालाई सिक्न, कमाउन र बढ्नका लागि सशक्तीकरण गर्ने उद्देश्यले हाम्रो विश्वव्यापी पहल ‘युचरमेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’सँग यो परियोजनामा जोडिएका हौँ।’

    सिक्वल फाउन्डेसनकी प्रबन्ध निर्देशक आस्था शर्माले स्ट्यान्डर्ड बैंक नेपालको सहयोगप्रति आभार प्रकट गरिन्। ‘यो परियोजनामा बैंकले गरेको अमूल्य सहयोग त्यस्ता पिछडिएका युवतीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरक साबित हुनेछ’, उनले भनिन्, ‘त्यस्ता युवतीहरुको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण जीवन उपयोगी सीप प्रदान गर्दै सशक्त बनाउने हाम्रो लक्ष्य रहेको छ।’

     

     

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १२:२१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij