Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

संसद्‍मा एमालेको अडान कायमै : अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

संसद्‍मा एमालेको अडान कायमै : अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित


  • 2.7K
    Shares

    संसद्‍मा एमालेको अडान कायमै : अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित
    images

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ।

    एमाले सांसदहरूले निरन्तर उठेर अवरोध जारी राखेपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।

    बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभा अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए।

    सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए।

    उनले बोलिसक्नासाथ एमालेका सांसदहरूले उठेर सदनमा विरोध जनाएका थिए। सभाध्यक्ष तिमिल्सिनाले एमाले सांसदहरूलाई पटक-पटक बस्न आग्रह गरे पनि उनीहरू बसेनन्।

    एमालेले सुन प्रकरणको विषयलाई लिएर दुवै सदनमा अवरोध गर्दै आएको छ। एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो। प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ।

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १२:५९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij