Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा


  • 379
    Shares

    • images
    नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । उक्त इजलासको २२ नम्बरमा तोकिएको पेसी ‘हेर्न नभ्याइने’ मा राखिएको हो । आइतबार यो मुद्दा ‘हेर्न नभ्याइने’ मा परेपछि सुनुवाइ सरेको छ ।

    कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । 

    नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएसँगै निर्वाचन आयोगले आधिकारिकता दिने निर्णय गरेपछि सो विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दिएका थिए । 

    उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले माघ ६ गते कारण देखाऊ आदेश जारी गर्दै सबै पक्षसँग लिखित जवाफ माग गरेको थियो । सर्वोच्चले अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको थियो ।  

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १४:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij