२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । शेयर बजार सोमबार ४० अंकले बढ्यो । तर कुनै खास कम्पनीको मूल्य बढेर बजारमा उछाल आएको होइन ।
परिसूचक यति धेरै बढ्दा पनि बजारमा चन्द्रागिरी हिल्सको मूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । यो कम्पनी पनि आईपीओको कारोबार खुलेपछि उकालो लाग्दै गरेको कम्पनी हो ।
एउटै कम्पनीको धेरै शेयरमूल्य नबढ्दा पनि बजार यति धेरै बढ्नुको कारण भनेको बजारमा धेरै कम्पनीको मूल्य बढ्नु हो । शेयर बजारमा सोमबार १ सय ६३ कम्पनीको मूल्य बढ्दा भने ४ कम्पनीको मूल्य मात्रै घटेको छ । यो सूचीमा नेप्सेले प्रोमोटर शेयर तथा म्युचुअल फण्डलाई समावेश गर्दैन ।
आज बजार घट्ने ४ कम्पनीमा खानीखोला हाइड्रोपावरm महुली सामुदायिक लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij