२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । विराटनगर र मेची भन्सार कार्यालय हुँदै गत आर्थिक वर्षमा १४ करोड रूपैयाँभन्दा बढीको बन्दागोभी निर्यात भएको भन्सार विभागले जनाएको छ।
विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार आर्थिक वर्ष २०७९/८० मा यी दुई भन्सारबाट १४ करोड ४३ लाख तीन हजार चार सय ७० रूपैयाँ मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो।
पूर्वी नाका काँकरभिट्टाबाट सात करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको ७६ लाख ३९ हजार १३ केजी बन्दागोभी निर्यात भएको उनले जानकारी दिए।
त्यस्तै विराटनगर भन्सार हुँदै ६ करोड ५६ लाख ९२ हजार आठ सय मूल्य बराबरको ४५ लाख ६२ हजार केजी बन्दागोभी निर्यात भएको छ। कोशीका धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ जिल्लामा बन्दागोभीको व्यावसायिक खेती हुने गरेको छ।
अघिल्लो आर्थिक वर्षको नौ महिनामा मात्र पूर्वी नाका काँकरभिट्टाबाट १७ करोड रूपैयाँभन्दा बढीको बन्दागोभी निर्यात भएको थियो। जसको तुलनामा गत आर्थिक वर्षमा यसको निर्यात आधाभन्दा बढी घटेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij