२०८२ माघ ७ गते बुधवार
आफ्ना १२ वर्षीय छोरालाई अस्पतालमा बेवारिसे अवस्थामा छोडेकी महिलालाई अदालत उपस्थित गराइने भएको छ।
‘चेन’ उपनाम दिइएकी ३७ वर्षीया उक्त महिलालाई पहिलो सुनुवाइका लागि सोमबार काउलुन सिटी कोर्टमा उपस्थित गराइने भएको हो।
शनिबार मुख्यभूमि चीनबाट हङकङ प्रवेश गर्ने क्रममा ती महिलालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
हङकङको परिचय पत्र बाहक चेन हेल्टन नामक बालकलाई २१ जुलाईमा प्रहरीले याउ मा तेईस्थित क्वङ वाह अस्पतालबाट उद्धार गरेको थियो।
प्रहरी अनुसन्धानका अनुसार, जुलाई १८ मा ती आमाछोरा हाइस्पिड रेलवेबाट सीमापार गरेको देखिएको छ।
त्यही दिन बिहान ५ बजे ती महिलाले छोरालाई अस्पतालमा लगी खोकी र पखाला लागेको बताएकी थिइन्। त्यसपछि उनले वार्डमा छोरालाई एक्लै छोडेकी थिइन्।
अस्पतालमा बेवारिसे अवस्थामा भेटिएका उक्त बालकलाई अस्थायी रूपमा चुनमुन चिल्ड्रेन एण्ड जुभेनिल होममा राखिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij