Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

८० अंकले घट्यो नेप्से, ८ अर्ब माथिको कारोबार

८० अंकले घट्यो नेप्से, ८ अर्ब माथिको कारोबार


  • 7.8K
    Shares

    ८० अंकले घट्यो नेप्से, ८ अर्ब माथिको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) भारी गिरावट आएकोे छ । बिहिबार पनि नेप्से ४४.९४ अंकले घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको थियो ।       

    नेप्सेका अनुसार आज ७९.७४ अंकले नेप्से घटेर दुई हजार चार सय ७४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ८ अर्ब ३५ करोड ५२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये होटल एण्ड टुरिजम बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।    

    आज शेयर बजार राताम्मे भएपनि एक कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स रहेको छ । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।   

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १६:००:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij