Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ललिता निवास प्रकरण : सचिव राउतलाई छाड्न सर्वोच्चको आदेश

ललिता निवास प्रकरण : सचिव राउतलाई छाड्न सर्वोच्चको आदेश


  • 2.3K
    Shares

    ललिता निवास प्रकरण : सचिव राउतलाई छाड्न सर्वोच्चको आदेश
    images

    काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जोडिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

    ‘....निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन’, आदेशमा भनिएको छ । 

    अदालतले राउतलाई मुद्दा हेर्ने अदालतको आदेश बिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान भने रोक लगाएको छ ।

    यद्यपि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम तारिखमा राखी मुद्दाको अनुसन्धान र तहकिकातलाई प्रभावकारी बनाउन जे जो बुझ्नु पर्छ बुझी मुद्दाको शिघ्रातिशिघ्र अनुसन्धान तहकिकातको कार्य सम्पन्न गराउन परमादेश जारी गरेको छ ।

    ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेपछि राउतका तर्फबाट उषा राउतले  बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेमी थिइन् ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १६:२०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij