Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु


  • 4.9K
    Shares

    ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
    images

    धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको  रोराङ गाउँपालिका-३ मलेखुमा  ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।

    काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र सोही दिशामा आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।

    डीएसपी जैसवालका अनुसार मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ  ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १५:४८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij