Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

५० लाख दाइजो मागेको आरोपमा मण्डपबाटै पक्राउ परेका बेहुलालाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश 

५० लाख दाइजो मागेको आरोपमा मण्डपबाटै पक्राउ परेका बेहुलालाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश 


  • 3.1K
    Shares

    ५० लाख दाइजो मागेको आरोपमा मण्डपबाटै पक्राउ परेका बेहुलालाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश 
    images

    काठमाडौं । ५० लाख रुपैयाँ दाइजो मागेको भन्दै मण्डपबाटै पक्राउ परेका बेहुला अनुराग रौनियारलाई काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।

    न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उक्त आदेश गरेको हो । काठमाडौंको नक्सालस्थित लिसरा पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुली पक्षले बेहुलाले दाइजो मागेको र नदिएको अवस्थामा विवाह रद्ध गर्ने धम्की दिएको भन्दै प्रहरी बोलाएर पक्राउ गर्न लगाएको थियो ।

    बेहुली पक्षका अनुसार विवाह अघि नै बेहुला पक्षले २२ लाख रुपैयाँ बैंकमा जम्मा गर्न लगाएको दावी गरेको थियो। उक्त रकम बेहुलाकी आमा र भाईको बैंक खातामा जम्मा भएको देखिएको थियो। बेहलीका अनुसार इन्गेजमेन्टपछि बेहुला पक्षले आफूहरुसँग पैसा नभएको र विवाह सर्न सक्ने बताएपछि सामाजिक प्रतिष्ठाका लागि उनिहरुले पैसा पठाएका थिए । तर विवाह भइरहँदा बेहुला पक्षले आफ्नो बेइज्जत गरेको र दाइजो मागेको आरोप बेहुलीको रहेको छ ।

    यता अनुरागले भने बेहुली पक्षकै आग्रहमा बेहुली र उनको परिवारको सुनचाँदी र कपडा खरिदका लागि २२ लाख रुपैयाँ जम्मा भएको दावी गरेका छन् ।

    उनका अनुसार विवाहका लागि मन्डपमा बसेपछि आफुलाई होचो भएको भन्दै बेहुलीले हेपेको र मान्यजनलाई पनि दुर्व्यवहार गरेपछि दुई जनाबीच विवाद बढेको र आफुलाई बद्नाम गर्न दाइजोको विषय निकालिएको बयान दिएका छन् ।

    बेहुली पक्षले विवाहमा खर्च भएको करिब ४४ लाख रुपैयाँ पैसा पनि बेहुला पक्षसँग माग गरेको छ । अमेरिकाको ग्रिनकार्डधारी बेहुला एक महिनाअघि मात्र नेपाल आएका थिए। जेठ ११ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा उनीहरुको इन्गेजमेन्ट भएको थियो ।

    रातको समयमा भइरहेको विवाहमा झडप र हातपात भएपछि तत्काल प्रहरी पुगेको थियो। अदालतले प्रतिवादी बनाइएका बेहुलाका भाई आकाशलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । बेहुलाकी ६५ वर्षीया आमालाई पनि प्रतिवादी बनाइएपनि उनी पक्राउ पर्न सकेकी थिइनन् ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १५:३६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij