Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरबार परिसरमा राख्न केन्द्रको माग

प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरबार परिसरमा राख्न केन्द्रको माग


  • 4.2K
    Shares

    प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरबार परिसरमा राख्न केन्द्रको माग

    गोरखा । गोरखा नगरपालिका–७ सतिपिपलको एक घरबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल (एक पारदर्शक ढुंगा) गोरखा दरवार परिसरमा गोप्य रुपमा राखिदिन माग गरिएको छ ।

    गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाले बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अलौकिक सम्पत्तिको रक्षाको लागि यथाशीघ्र निर्णय गरिदिन माग समेत गरेको छ ।

    प्रहरीले बरामद गरी ल्याएको शिला प्रकाश दिने उक्त ढुंगाको बारेमा जानकारहरुसँग कुराकानी गर्दा उक्त ढुंगा अलौकिक शिला रहेको र तत्कालिन समयमा गोरखा भूमिबाट दैविक शक्ति जगाई नेपाल एकीकरणका बखत गोर्खाली सेनाले प्रयोग गरी गोरखा भूमिमा नै स्थापना गरेको हुनसक्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।

    उक्त शिलालाई चन्द्रमान शाहीको पुर्खाले आफ्नो कुल देवता मानी पुजा गर्दै आएको र उक्त शिला दरौदी नदी त्यत्तिकै कटाउन हुदैन भन्ने भनाइ समेत रहेको बताइएको छ । विभिन्न वहाना बनाई उक्त ढुंगा गोरखाबाट बाहिर जाने वातावरण सिर्जना गरेमा अनिष्ठ समेत हुनसक्ने सिद्धाश्रम केन्द्रले जनाएको छ ।

    गत असार १४ गते गोनपा–७ स्थित एक घरबाट प्रहरीले ५४ किलो तौलको उक्त ढंगा बरामद गरेको हो । अवैध रुपमा किनबेच हुन लागेको सुचनाको आधारमा ढुंगा बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त ढुंगा अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १४:३४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij