Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


  • 2.9K
    Shares

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
    images

    दैलेख । दैलेखमा पानी पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । सिंचाई गर्न निर्माण गरिएको पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । 

    जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–३ पानी खोला गाउँ बस्ने बमबहादुर खप्तडीकी छोरी ५ वर्षीया सपना खप्तडी र सोही ठाउँकी लिला खप्तडीकी छोरी ८ वर्षीया बिपनाको डुबेर निधन भएको हो ।

    बिहीबार साँझ ६ बजेतिर घरदेखि झण्डै ५० मिटर टाढा रहेको सिंचाई पानी पोखरी नजिकै खेल्ने क्रममा दुबै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । बालिकाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १२:५४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij