२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । गायक प्रकाश सपूतको ‘दमाई महाराज’ बोलको भोलि सार्वजनिक हुने भएको छ । गीतको पोस्टरमा सपूत शिवजीको अवतारमा देखिएका छन् ।
घाँटीमा र हातमा रुद्राक्षको माला लगाएका सपूत गेरु वस्त्रमा देखिएका छन् भने कपाल लामो पालेका छन् । फेसबुकमा पोस्टर सार्वजनिक गर्दै सपूतले लेखेका छन्, ‘विश्वास छ, यो गीतले हाम्रो मन भुलाउन सहयोग गर्नेछ । र विश्वास यो पनि छ, यो भिडियोले हाम्रो विभेदकारी अन्धविश्वास लाई चिर्न सहयोग गर्ने छ ।’
‘दमाई महाराज’मा सपूतकै शब्द तथा संगीत रहेको छ भने स्वरमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । म्युजिक भिडियोको निर्देशन पनि सपूतकै रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij