Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

सभापति देउवालाई अजयबाबुको प्रश्न : बालकृष्ण खाँण रोज्ने कि सरकार ?

सभापति देउवालाई अजयबाबुको प्रश्न : बालकृष्ण खाँण रोज्ने कि सरकार ?


  • 2.0K
    Shares

    सभापति देउवालाई अजयबाबुको प्रश्न : बालकृष्ण खाँण रोज्ने कि सरकार ?
    images

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवालाई पूर्व गृहमन्त्री बालकृष्ण खाँण रोज्ने कि सरकार भनेर प्रश्न गरेका छन् ।  

    तीनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले भने– ‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू, हाम्रो द्धिविधा अचम्मकै छ । खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

    भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने उनले बताए । ‘सरकार र साथीमध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले भने । यस्तै उनले सुशासनको हिमायती कांग्रेसका कार्यकर्ताहरू कुनै पनि भ्रष्टाचारको विषयलाई पृष्ठपोषण गर्न नसक्ने बताए ।

     ‘बरु बाघले खाए खाओस् तर कुनै पनि भ्रष्टाचारलाई काँध थाप्न सकिँदैन र हुँदैन पनि,’ उनले भने, ‘भ्रष्टाचार हो होइन भन्ने जिम्मा लगाउन अदालतलाई छाड्दिनुपर्छ। यस्तै प्रकरणमा व्यक्ति स्वयम् जवाफदेही हुनुपर्छ।’



    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १२:४८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij