२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौँ । धुलिखेलबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस साँगा भञ्ज्याङमा दुर्घटना भएको छ।
भक्तपुरको साँगामा रहेको महादेव मन्दिर जाने साँगा पुल नजिकै बस भीरबाट खसेको हो। अहिले उद्धार कार्य जारी छ।
७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ । ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पताल पठाइएको हो।
घटनाको विस्तृत विवरण आउन बाँकी छ। अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरिले जनाएको छ । बसमा ३०-३५ जना सवार रहेको स्थानीयहरूले बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij