Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

अर्थमन्त्री महत र भारतीय समकक्षीबीच भेटवार्ता, व्यापार सहजीकरणदेखि अन्य के–के विषयमा भयो छलफल ?

अर्थमन्त्री महत र भारतीय समकक्षीबीच भेटवार्ता, व्यापार सहजीकरणदेखि अन्य के–के विषयमा भयो छलफल ?


  • 2.2K
    Shares

    अर्थमन्त्री महत र भारतीय समकक्षीबीच भेटवार्ता, व्यापार सहजीकरणदेखि अन्य के–के विषयमा भयो छलफल ?

    गुजरात । भारतको गुजरातमा जारी जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय छलफल भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिएका छन् । 

    अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी १० वर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे ।

    दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणका लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो । भारतका अर्थमन्त्रीले एन पीएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेड बीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 

    अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताए । भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवम् पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गरे । 

    आपसी हितका आर्थिक क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानु पर्नेमा दुवै देशका अर्थमन्त्रीले जोड दिए ।

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १७:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij