Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आरएसडिसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

आरएसडिसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने


  • 2.5K
    Shares

    आरएसडिसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

    काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ४३४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक तर्फको ५ हजार ४३४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । 

    कम्पनीले यसअघि गत जेठ २४ गतेदेखि असार २६ गतेसम्म विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

    यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आगामी सात दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । 

    आवेदन कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेडको काठमाडौं नारायणचौरस्थित कार्यालय वा रुपन्देहीको बुटवल–१० स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा पेस गर्न सकिनेछ ।

    कम्पनीले कृष्ण प्रसाद बस्यालको नाममा रहेको उल्लेखित शेयर विक्री खुला गरेको हो । शेयरको मूल्य भने विक्रेताले तोकेबमोजिम हुने कम्पनीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १२:२४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij