Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

साउनको पहिलो सोमबार आज, पशुपतिमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार आज, पशुपतिमा भक्तजनको घुइँचो


  • 3.5K
    Shares

    साउनको पहिलो सोमबार आज, पशुपतिमा भक्तजनको घुइँचो
    images

    काठमाडौँ । आज साउनको पहिलो सोमबार । देवाधिदेव महादेवको पूजा आराधना सहित व्रत बसेका भक्तजनहरूले शिवको विशेष पूजा आराधना गरेका छन् । 

    आज साउन महिनाको पहिलो सोमबार भए पनि चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत गत असार २५ देखि नै सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । 

    चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । 

    धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन् । पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो लागेको छ । 

    विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । 

    साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने गरेका छन् । साउनको पनि सोमबार विशेष मानिन्छ ।

    साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिव पुराणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । 

    साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतअनुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्राय: परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् । 

    धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथ लगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लागेको छ ।

    4.JPG

    6.JPG

    2.JPG

    3.JPG

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - ०९:५०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij