२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर निष्कासन गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।
हकप्रद प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्मका कायम सेयरधनीहरूले उक्त सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद सेयर साउन १८ गतेसम्म बिक्रीमा रहने कम्पनीको भनाइ छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij