२०८२ कार्तिक २९ गते शनिवार
काठमाडौँ । हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरमा अनलाइन टिकेटिङ सुरुवात गरेको छ। एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आइबिई) सेवा सुरु गरेको हो ।
यसबाट ग्राहकले डेक्स्टप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार हिमालयको वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन्। यो सुविधा प्रयोग गरी यात्रुहलाई विभिन्न गन्तव्यसँग जोडिन सहज हुने कम्पनीले जनाएको छ।
यो सेवा सुरुवातमा ग्राहकले टिकट खरिदका लागि ई-सेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस छिट्टै उपलब्ध हुने कम्पनीको भनाइ छ।
यसका साथै रिफन्ड रिक्वेस्ट, टिकट मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपभोग गर्न सकिने छ। हिमालयले ब्यागेज प्रि–बुकिङ, सिट र खाना छनौट, लाउन्ज सेवा बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता सेवा पनि ल्याएको छ। यात्रुले विमानस्थलमा समय बचत गर्न अनलाइन चेक–इन पनि गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij