Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

कर्णालीको बाढीले कैलालीको टीकापुर र जानकीमा जोखिम

कर्णालीको बाढीले कैलालीको टीकापुर र जानकीमा जोखिम


  • 1.7K
    Shares

    कर्णालीको बाढीले कैलालीको टीकापुर र जानकीमा जोखिम
    images

    टीकापुर ।  कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ । कर्णाली नदीले धार परिवर्तन गर्दा कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका नदी कटानको जोखिममा परेका छन् । 

    कर्णाली नदीको पानी बर्दियाको गेरुवा नदीतर्फ १० प्रतिशत मात्र गइरहेको, कर्णालीतर्फ ९० प्रतिशत आइरहेकाले टीकापुरका बस्ती जोखिममा रहेका विज्ञहरु बताउँछन् । कर्णाली नदीका कारण टीकापुर पार्क क्षेत्र बढी जोखिममा रहेको छ । 

    कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दछ । बर्खा लाग्न सुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि नदी कटान हुन थालेपछि टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको कटान तीव्र हुँदा बस्ती तथा जमिन जोखिममा पर्ने गर्दछ ।

    कर्णाली नदीले टीकापुर पार्क क्षेत्रमा जोखिम बढेकाले नगरपालिकाका जनप्रतिनिधि र रानी जमरा कुलरिया सिँचाइ आयोजनाको टोलीले अनुगमन गरेको छ । अनुगमनपछि सो क्षेत्रमा ठूला ढुङ्गा ९बिग बोल्डर० हालेर तटबन्ध गर्ने सहमतिअनुसार ठूला ढुङ्गा पाइने पालिकासँग ढुङ्गा माग गरी नदी नियन्त्रणको प्रयास थालिएको छ । 

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - ११:४६:२१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij