Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

व्यास नगरपालिकाद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई ४० लाख सहयोग

व्यास नगरपालिकाद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई ४० लाख सहयोग


  • 1.7K
    Shares

    व्यास नगरपालिकाद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई ४० लाख सहयोग
    images

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधि उपचारमा सहयोग गरेको छ । ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत ४० लाख १० हजार रुपैयाँ रकम प्रदान गरेको हो ।

    मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका तथा मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गत कात्तिकदेखि औषधि खर्चबापत मासिक ५ हजार रुपैयाँ प्रदान गरिँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । 

    चिकित्सकको सिफारिसमा वडा कार्यालयमार्फत चालु वर्षमा बिरामीले औषधि खर्चबापत रकम पाएको उनले बताए । उनका अनुसार क्यान्सरका बिरामी ६४, डायलाइसिस गरेका बिरामी ३४ जना, मिर्गौला प्रत्यारोपण गराएका छ जनाले औषधि खर्चबापत रकम लिएका छन् । 

    त्यसैगरी मेरुदण्डको पक्षघातको एक जना बिरामीले औषधि खर्चबापत नौ महिनाको ४५ हजार रुपैयाँ पाएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । 

    सरकारले तोकेको लक्षित बिरामीले मासिक ५ हजार रुपैयाँ प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिए । चिकित्सकले उपचार गराइरहेको सिफारिस गरिदिएपछि बिरामीले व्यास नगरपालिकामा उपचार खर्च माग गरी भुक्तानी लिने प्रावधान रहेको छ । 

    मेरुदण्ड पक्षाघात भएका बिरामीको हकमा भने अपाङ्गतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित पेश गरेको हुनुपर्ने उनले बताए । 

     

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - १०:३६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij