२०८२ माघ ७ गते बुधवार
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ।
शैक्षिक सत्र २०८०/८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा आवेदन पेस गर्नुपर्नेछ।
विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति छनोट परीक्षा हुने महानगरपालिकाको शिक्षा विभागले सूचनामार्फत जानकारी दिएको छ।
परीक्षा साउन २० गते बिहान ११ बजे सुरु हुने जनाइएको छ।
हेर्नुहोस् सूचना-

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij