Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

वीरगंजबाट १५ केजी चरेशसहित २ जना पक्राउ

वीरगंजबाट १५ केजी चरेशसहित २ जना पक्राउ


  • 1.5K
    Shares

    वीरगंजबाट १५ केजी चरेशसहित २ जना पक्राउ

    पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट सशस्त्र प्रहरीले अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाइकल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेमा सोही जिल्लाको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्य नारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाई छिपाई चरेस नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेश र मोटरसाइलक सहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको छ।

     

     

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - १६:२१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij