Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

जिल्ला प्रहरी कार्यालयमै प्रहरी जवानलाई हात बाँधेर यातना 

जिल्ला प्रहरी कार्यालयमै प्रहरी जवानलाई हात बाँधेर यातना 


  • 3.5K
    Shares

    जिल्ला प्रहरी कार्यालयमै प्रहरी जवानलाई हात बाँधेर यातना 
    images

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहामै एक प्रहरी जवानलाई हात बाँधेर यातना दिइएको छ । प्रहरी जवान अणु रायको हात पछाडिबाट बाँधिएको छ । सार्वजनिक भिडिओमा सादा पोशाकमा रहेका उनी रोइरहेको देख्न सकिन्छ ।

    एक प्रहरी अधिकारीले ‘के खाएछस् ?’ भनेर गरेको प्रश्नमा बाँधिएका प्रहरी जवान राई जवाफ दिन्छन्, ‘केही खाको छैन ।’ उनले खोल्नुस्, यसरी यातना दिनुहुन्छ भने मर्छु पनि भनेका छन् । स्रोतका अनुसार उनलाई हात बाँधेर प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएका हुन् ।

    प्रहरी जवान रायका भाइ राजनीशले ड्युटी अधिक गराएको र गुनासो गरेकै कारण यातना दिएको आरोप लगाएका छन् । यता सिरहाका प्रहरी प्रमुख एसपी टेकनन्द इवा लिम्बूले प्रहरी जवान रायलाई यातना नदिएको दाबी गरे ।

    उनले भने, ‘प्रहरी जवान राय चालक छन् । उनी लागुऔषध खायो कि के ? थाहा भएन । तर, नशामा जथाभावी गरेपछि नियन्त्रणमा लिएर हतकडी लगाएर सोधपुछमात्र गरिएको छ । यातना दिएको छैन ।’

    नियन्त्रणमा लिन खोज्दा उनी भाग्न खोजेको भन्दै एसपी लिम्बूले भने, ‘जिल्ला प्रहरी कार्यालयदेखि ५ सय मिटर टाढाबाट नियन्त्रणमा लियौं । उनलाई नियन्त्रणमा लिनै गाह्रो भएपछि हतकडीमात्र लगाएको थियो ।’

    प्रहरी जवान रायको स्वास्थ्य परीक्षण गराउँदा मदिरा सेवन गरेको पनि पुष्टि नभएको एसपी लिम्बूले बताए । उनले भने, ‘हतकडी लगाएर सोधपुछ गरिएको भिडिओ कसरी लिक भएको हो, थाहा भएन । यस विषयमा अनुसन्धान भइरहेको छ ।’

    भिडिओ बाहिरिएपछि प्रदेश प्रहरी कार्यालयले पनि छानबिन सुरु गरेको एसपी लिम्बूले बताए । उनका अनुसार घटनाको छानबिनका लागि डीआईजी अहिले सिरहा आएका छन् ।

     

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - १६:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij