Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एमसिसी परियोजना भदौदेखि कार्यान्वयनमा आउने

एमसिसी परियोजना भदौदेखि कार्यान्वयनमा आउने


  • 1.9K
    Shares

    एमसिसी परियोजना भदौदेखि कार्यान्वयनमा आउने

    काठमाडौ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न मित्रराष्ट्र मुलुकसँग भएका विकास सम्झौता कार्यान्वयन चरणमा रहेको बताएका छन्।

    प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सोमबार उनले नेपाल र अमेरिकी सरकारको सहयोग अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अन्तर्गतको परियोजना भदौदेखि कार्यान्वयनमा जाने बताएका हुन् ।

    परराष्ट्रमन्त्री साउदले पाँच वर्षमा सम्पन्न हुने गरी एमसिसी परियोजना सञ्चालन हुने जानकारी दिए । मन्त्री साउदले चीन सरकारसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स परियोजना (बिआरआई) कार्यान्वयनका लागि थप छलफलको चरणमा सरकार रहेको बताए । उनले  अहिलेसम्म यस परियोजना अन्तर्गत औपचारिक रूपमा कुनै पनि योजना सुरु भइनसकेको जानकारी दिएका छन् । सन् २०१७ मा नेपाल र चीन सरकारबिच बिआरआई सम्झौता भएको थियो। उनले भने, “प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नीति एकै छ । तपाईंहरूलाई विश्वस्त रहन आग्रह गर्छु ।” उनले परराष्ट्र नीति कुनै एक वा दुई दलको भन्दा पनि एउटै हुनुपर्नेमा जोड दिए । मन्त्री साउदले रोकिएको सगरमाथा संवादलाई अगाडि बढाइने र परराष्ट्र मामिलाका विविध बौद्धिक विषयमा बहस र छलफल चलाउनेतर्फ काम भइरहेको समेत जानकारी गराए ।

    विदेशमा रहेका नेपालीको तथ्याङ्कका विषयमा केही जटिलता रहेको बताउँदै परराष्ट्रमन्त्री साउदले विभिन्न मुलुकका कूटनीतिक नियोगमार्फत तथ्याङ्क लिने काम भइरहेको बताएका छन् । उनले यस विषयमा राज्यको प्रमुख दायित्व रहेको र उचित ज्याला, सामाजिक सुरक्षा तथा रोजगारीको प्रत्याभूति लिएर जाओस् भन्नेमा सरकारको चासो रहेको उल्लेख गरे।

    “श्रम सम्झौता भएका मुलुकमा जानु उपयुक्त हो तर जुन देशमा श्रम सम्झौता भएको छैन, त्यहाँ जानु हुँदैन,” उनले भने, “यस विषयमा श्रम मन्त्रालयसँग छलफल चलिरहेको छ । कतिपय विषय अन्य मन्त्रालयसँगको सहकार्यमा गर्नुपर्ने भएकाले त्यसमा सरकार सचेत छ ।”  रुसको सेनामा नेपाली नागरिकको भर्ना सम्बन्धमा आएका समाचारलाई लिएर रुसको मस्कोस्थित दूतावासमा थप बुझ्न निर्देशन दिइएको उनकाे भनाइ छ । गोरखापत्र दैनिकबाट

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - ०७:३१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij