२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले एसईईपछि स्वास्थ्यतर्फ यो वर्ष १३ वटा कार्यक्रम अघि सारेको छ । न्यूनतम २ जीपीए ल्याउने विद्यार्थीलाई समेट्ने गरी ती विषय अध्ययन गराइनेछ ।
सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार अबका केही दिनमै प्रवेश परीक्षा लिने तयारी गरिएको छ । यी विषयहरू तीनवर्षे शैक्षिक कार्यक्रमअन्तर्गत पढाइ हुनेछ ।
यी हुन् पढ्न पाउने स्वास्थ्यका विषय–
पीसीएल नर्सिङ
डिप्लोमा इन फार्मेसी
पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी
पीसीएल इन जनरल मेडिसिन
सर्टिफिकेट इन डाइग्नोस्टिक रेडियोग्राफी
सर्टिफिकेट इन फिजियोथेरापी
सर्टिफिकेट इन होमियोपेथी
सर्टिफिकेट इन अकुपञ्चर एन्ड अकुप्रेसर
सर्टिफिकेट इन डेन्टल साइन्स
डिप्लोमा इन आयुर्वेदा फार्मेसी
डिप्लोमा इन योग एन्ड नेचुरोथेरापी
सर्टिफिकेट इन मेडिकल साइन्स (आयुर्वेदा एन्ड जनरल मेडिसिन )
पीसीएल इन अप्थाल्मिक साइन्स
सर्टिफिकेट इन आम्ची साइन्स
यी बाहेक अरू प्रविधिक विषयका लागि न्यूनतम १।६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ । १.६ जीपीए ल्याउने विद्यार्थीले सीटीईभीटीअन्तर्गत प्रिडिप्लोमा कोर्स गर्न पाउनेछन् । त्यसअन्तर्गत विभिन्न सात विधामा १८ देखि २४ महिनासम्मका शैक्षिक कार्यक्रम रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij