Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच छुट सम्झौता

सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच छुट सम्झौता


  • 1.7K
    Shares

    सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच छुट सम्झौता
    images

    काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, बुटवलस्थित होटेल दा फ्लामीङगोबिच सिटिजन्स बैङ्कका कार्डबाहक र मोबाइल बैङ्किङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्डवाहक र मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरुले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

    यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ ।

    बैङ्कले डिजिटल बैङ्किङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउदै आएको छ । डिजिटल कारोवार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेवसाइटमा प्राप्त गर्न सकिनेछ । 

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १२:१२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij