Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त


  • 281
    Shares

    पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री ओलीका पुजनीय पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताए ।

    उनले स्वर्गीय मोहनप्रसादको आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभापति थापाले यस कठिन क्षणमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १५:४७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij