Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

साउने सोमबारको व्रत आजदेखि सुरु : किन बस्ने व्रत ? जान्नुहोस्

साउने सोमबारको व्रत आजदेखि सुरु : किन बस्ने व्रत ? जान्नुहोस्


  • 3.7K
    Shares

    साउने सोमबारको व्रत आजदेखि सुरु : किन बस्ने व्रत ? जान्नुहोस्
    images

    काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको विशेष पूजा आराधना गरी वर्त बसेर मनाउँदै छन् । साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ ।

    त्यसैले यो महिनामा भगवान शिबलाई खुशि पार्न महिलाहरु ब्रत बस्ने गरिन्छ । यो महिनामा भगवान शिवको पुजा आरधना गरी आफुले चाहेको बर माग्ने गरिन्छ । साउन महिनामा शिबको नै आराधना गरि ब्रत बस्ने गरिन्छ ।

    यो महिनामा भगवान शिव स्वयम धर्तिमा आउने मान्यता राखिएको छ । भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ ।

    यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।

    हिन्दु धर्म अनुसार यो महिनामा ब्रत बस्ने भक्तजनको भगवान शिबले मनोआकंक्षा पूरा गरिदिने बिश्वास छ । यो महिनाको हरेक सोेमबार शिव भगवानको पूजा गर्ने व्यक्तिको परिवारमा सुख र सम्वृद्धि प्राप्त हुने बिश्वास गरिएको छ ।

    व्रत बस्दा के खाने, के नखाने ?

    यो महिनाको सोमबार ब्रत बस्दा आलू ,दहि आलू खान सकिन्छ । त्यस्तै वर्त समाप्त भएपछी खाना खान मन नभएको खण्डमा आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ । व्रतको दिनमा फलफुल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले केहि चिजहरु भने खान सकिन्छ ।

    व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा अलि वढी पिउनुपर्छ । पानी खादा कागती पानी खानु राम्रो हुन्छ । व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन ।

    त्यस्तै ब्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।

    शिवको नामको प्रभावः

    सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ। यि नामहरु यस प्रकार छन।

    ऊं अघोराय नमः

    ऊं शर्वाय नमः

    ऊं विरूपाक्षाय नमः

    ऊं विश्वरूपिणे नमः

    ऊं त्र्यम्बकाय नमः

    ऊं कपर्दिने नमः

    ऊं भैरवाय नमः

    ऊं शूलपाणये नमः

    ऊं ईशानाय नमः

    ऊं महेश्वराय नमः

    शिव पूजा विधि

    सोमवार शिव पूजनका लागि प्रातः स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस्। त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ। जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ। पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौँ।

    मन्त्र

    ऊं नमः शिवाय ,

    नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः

    ऊंनमो नीलकण्ठाय

    ऊं पार्वतीपतये नमः

    ऊं पशुपतये नमः

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - ०६:००:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij