Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

अप्पर स्याङ्गे हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल 

अप्पर स्याङ्गे हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल 


  • 2.3K
    Shares

    अप्पर स्याङ्गे हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल 
    images

    काठमाडौँ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

    यस कम्पनीले असार २२ गते शुक्रवार सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा विक्री गरेको ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ बाँडफाँट गरेको हो । 

    कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत सिद्धार्थ क्यापिटल लिमिटेडलेनै पुरा गरेको थियो । विक्री प्रबन्धक नियुक्ती भएसँगै कम्पनीको शेयर व्यवस्थापन सम्बन्धि सम्पूर्ण कार्य क्यापिटललेनै पुरा गर्नेछ ।

    यस कम्पनीले लमजुङ्ग जिल्लामा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाको कुल अनुमानित लागत रू. ५० करोड ४८ लाख रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत रू २१ करोड ३ लाख रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - १५:३१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij