Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

प्रभु बैङ्कद्वारा कृषकहरूलाई सहुलियतपूर्ण ऋण प्रदान

प्रभु बैङ्कद्वारा कृषकहरूलाई सहुलियतपूर्ण ऋण प्रदान


  • 1.7K
    Shares

    प्रभु बैङ्कद्वारा कृषकहरूलाई सहुलियतपूर्ण ऋण प्रदान
    images

    काठमाडौँ । प्रभु बैङ्क लिमिटेडले कृषकहरूलाई सहुलियतपूर्ण ऋण प्रदान गरेको छ । बैङ्क र हेफर इन्टरनेशनल नेपालबिच २०७९ साउन ५ गते भएको सम्झौता अनुरूप बैङ्कले कृषकहरूलाई ऋण प्रदान गरेको हो । 

    युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका स्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि।को सहकार्यमा प्रभु बैङ्कले किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको हो । 

    नुवाकोटको बट्टारमा एक कार्यक्रमबिच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, बैङ्कका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दाहालले संयुक्त रूपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरिरहेका उद्यमीहरूलाई बैङ्कको बट्टार शाखा कार्यलयबाट ४० लाखको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको बैङ्कले जनाएको छ । 

    उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैङ्कले ठुलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरेका छन् ।

    सम्झौता अनुरूप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्बधित सहकारीहरूले सहुलियतपुर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैङ्कमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य ब्यावसायिक विकासका सेवाहरू प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ ।

    हेफरले ४४ जिल्लाका करिव ४ लाख पिछडिएका गरिब परिवारहरूलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो संस्थाले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरू मार्फत वित्तिय पहुँच पुर्याउन सहजिकरण गर्दै आएको छ ।

     

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - १३:४३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij