Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् आयुष्मा श्रेष्ठ

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् आयुष्मा श्रेष्ठ


  • 2.8K
    Shares

    एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् आयुष्मा श्रेष्ठ

    गोरखा । आरूघाटको नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ एसइई परीक्षामा जिल्ला उत्कृष्ट भएकी छिन्। ४ जिपिए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी हुन्। उनको ब्याचमा १४ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए।

    राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। सो नतिजामा श्रेष्ठले ४ जिपिए ल्याएर उत्कृष्ट भएको प्रधानाध्यापक भोजराज भट्टले जानकारी दिए।

    आयुष्माले अबका दिनमा विज्ञान संकायमा अध्ययन गरी न्युरो सर्जन बन्ने लक्ष्य रहेको बताएकी छिन्। आयुस्मा काठमाडौँमा सेन्ट जेभिएरमा छात्रवृत्ति पाएँ अध्ययन गर्न चाहन्छिन्।

    उनी सानैदेखि विद्यालय उत्कृष्ट हुँदै छात्रवृत्तिमै अध्ययन गर्दै आइरहेकी छिन्। उनले यो सम्पूर्ण सफलताको श्रेय आफ्नो परिवार र दिदीलाई दिएकी छिन्।

    उनकी दिदी हाल गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययरत छिन्। उनकी आमा शिक्षिका हुन् भने बुवा व्यवसायी आरूघाटमा रहँदै आएका छन्।

    माध्यमिक शिक्षा परीक्षा एसइईमा माथिल्लो ग्रेड ल्याउनेको संख्या बढेको छ। एसईईमा २२ हजार ४ सय ७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्।

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - ०५:१०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij