Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

महिला लघुवित्तको आईपीओ बाँडफाँट, ३७ हजार ५०० भाग्यमानी आवेदकलाई १० कित्ता, नतिजा यसरी हेर्नुहोस्

महिला लघुवित्तको आईपीओ बाँडफाँट, ३७ हजार ५०० भाग्यमानी आवेदकलाई १० कित्ता, नतिजा यसरी हेर्नुहोस्


  • 11.4K
    Shares

    महिला लघुवित्तको आईपीओ बाँडफाँट, ३७ हजार ५००  भाग्यमानी आवेदकलाई १० कित्ता, नतिजा यसरी हेर्नुहोस्

    महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यालयमा बाँडफाँड गरिएको हो।

    क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बताएको छ। लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।

    मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो।

    महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो।

    सर्वसाधारणले मेराे शेयरकम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन्।

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - १०:४६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij