Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसईईमा २२ हजार विद्यार्थीले ल्याए ३.६० देखि ४ जीपीए, कुन जीपीएमा कति ?

एसईईमा २२ हजार विद्यार्थीले ल्याए ३.६० देखि ४ जीपीए, कुन जीपीएमा कति ?


  • 5.7K
    Shares

    एसईईमा २२ हजार विद्यार्थीले ल्याए ३.६० देखि ४ जीपीए, कुन जीपीएमा कति ?

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षामा २२ हजारभन्दा बढी विद्यार्थीले ३.६० देखि ४ जीपीए अंक ल्याएका छन्।

    राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षाफल सार्वज्निक गरेको छ। जसमा ३.६० देखि ४ जीपीए अंक ल्याउने विद्यार्थी २२ हजार ४७५ जना रहेका छन्। यो ४.६३ प्रतिशत हो। त्यस्तै, ३.२० देखि ३.६० जीपीए अंक ल्याउने विद्यार्थी ५५ हजार ६९ छन्। यो ११.३६ प्रतिशत हो।

    यस वर्ष २.८० देखि ३.२० जीपीए अंक ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ पुगेको छ। यो १४.९२ प्रतिशत रहेको छ। यसैगरी, ८९ हजार ३३१ विद्यार्थीले २.४० देखि २.८० जीपीए अंक ल्याएका छन्। यो १८.४२ प्रतिशत हो।

    सबैभन्दा बढी २ देखि २.४० जीपीए अंक ल्याउने विद्यार्थी छन्। उनीहरूको संख्या एक लाख दुई हजार २९३ रहेको छ। यो कूल विद्यार्थीको २१.०९ प्रतिशत हो।

    त्यस्तै, ८८ हजार ४४७ विद्यार्थीले १.६० देखि २ जीपीए अंक ल्याएका छन्। यो कूल विद्यार्थीको १८.२४ प्रतिशत हो। एसईईमा १.२० देखि १.६० जीपीए अंक ल्याउने विद्यार्थीको संख्या पनि ३८ हजार ७७० रहेको छ। यो ७.९९ प्रतिशत हो।

    यस वर्ष दुई हजार दुई सय विद्यार्थीले ०.८० देखि १.२० जीपीए अंक ल्याउका छन्। यो कूल विद्यार्थी संख्याको ०.४५ प्रतिशत हो। यस वर्ष चार लाख ८४ हजार ९३९ विद्यार्थी एसईईमा सहभागी थिए।

     

     

     

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - १५:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij