Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

यसरी हेर्न सकिन्छ एसईईको नतिजा


  • 5.1K
    Shares

    यसरी हेर्न सकिन्छ एसईईको नतिजा

    एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावक जतिसक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् । तर, नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौँतारिने गर्छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसईईको नतिजा सहजै हेर्ने व्यवस्था गरिएको बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले जानकारी दिए । वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिने उनले बताए । १६०० मा डायल गरी प्राप्त निर्देशनानुसार नतिजा जान्न सकिने व्यवस्था गरिएको छ ।

    यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।

    एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा–१० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको बेवसाइट www.see.gov.np मा नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

    यस्तै, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.neemaacademy.com लगायत वेबसाइटबाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - १२:४५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij