Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सन नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने


  • 2.5K
    Shares

    सन नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रिमियममा आइपीओ निष्काशनका लागि अनुमति पाएको हो । 

    कम्पनीले बोर्डबाट आज असार अनुमति पाएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा प्रिमियम मुल्य १३९ रुपैयाँ थप गरी २३९ रुपैयाँमा आइपीओ विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रति कित्ता २३९ रुपैयाँको दरमा ९६ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

    नेपाल बीमा प्राधिकरणले प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरिसकेको छ । हाल सन नेपाल लाइफको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । 

    प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब २० करोड पुग्नेछ । कम्पनीले प्रिमियम सहित उक्त शेयर जारी गर्दा प्राथमिक शेयर बजारबाट २ अर्ब २९ करोड रुपैयाँ संकलन गर्नेछ ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १३:०१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij