Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

गिरिजाप्रसादलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ : प्रधानमन्त्री प्रचण्ड

गिरिजाप्रसादलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ : प्रधानमन्त्री प्रचण्ड


  • 1.8K
    Shares

    गिरिजाप्रसादलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पुनः पश्चात्ताप व्यक्त गरेका छन् ।

    कोइरालाको १००औं जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले गिरिजाप्रसाद कोइरालाले छाडेर गएका शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न आफू लागि परेको दाबी गरे ।

    त्यसका लागि नै काँग्रेससँग मिलेर सरकार बनाएको धारणा राख्दै प्रधानमन्त्री दाहालले भने, ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो।’

    कोइरालामा राजनीतिक सुझबुझ र दुर्रष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको दाहालले बताए । आफूले कोइरालालाई आशंका र अविश्वासका दृष्टिले हेरेको धारणा राख्दै उनले भने, ‘बरु मैले गल्ती गरेँ, उहाँले विल्कुल गल्ती गर्नुभएन । मैले बरु उहाँसँग लिएका प्रतिबद्धता सबै जस्ताको तस्तै पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’

    गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै प्रधानमन्त्री दाहालले थपे,‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँ जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस गर्‍यौ, जनताको अवस्था बदल्न सकेनौ त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’ प्रधानमन्त्री दाहालले कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्न पहल गर्ने पनि आश्वासन दिए ।

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - १०:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij