Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आईपीओ रिजल्ट अब अनलाइन सञ्चार माध्यमले प्रकाशन गर्न नपाउने

आईपीओ रिजल्ट अब अनलाइन सञ्चार माध्यमले प्रकाशन गर्न नपाउने


  • 6.5K
    Shares

    आईपीओ रिजल्ट अब अनलाइन सञ्चार माध्यमले प्रकाशन गर्न नपाउने
    images

    काठमाडौं । साधारण शेयर (आईपीओ)को रिजल्ट अब अनलाइन सञ्चार माध्यमहरूले प्रकाशन गर्न नपाउने भएका छन् ।

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यसअघि सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा अब भने नपाइने व्यवस्था ल्याएको हो ।   

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सिईओ पुर्णप्रसाद आचार्यले अब अनलाइन सञ्चार माध्यमहरुले आईपीओको रिजल्ट प्रकाशन गर्न नपाउने व्यवस्था गरिएको बताए ।  

    आचार्यले आर्थिक न्युजसंग भने, ‘लगानीकर्ताहरुको गोपनियता भएन भन्ने विरोध आएकोले यस्तो व्यवस्था गरिएको हो । अब आईपीओ जारी गर्ने संस्था, बिक्री प्रवन्धक र सिडिएस एण्ड क्लियरिङबाट मात्र आईपीओ रिजल्ट हेर्न सकिन्छ ।’ महिला लघुवित्तको आईपीओ नतिजा पनि नयाँ व्यवस्था अनुसार नै हेर्न सकिने उनले बताए ।  

     

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १४:२९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij