२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याई नगरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत बताए । उनले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने बताए ।
उनले भने, ‘कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन । यसको हेलचक्र्याई भइरहेको सन्दर्भ उठेको छ । पटक्कै हेलचक्र्याई गर्न खोजिएको छैन । माथि होस कि तल । दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोड्नु हुन्न । यदि हामी न्यायको पक्षमा उभिन्छौँ भने, यदि हामी पीडितको पक्षमा उभिन्छौँ भने माथिलाई छोड्ने, तललाई समात्ने हुँदै होइन । सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ । ठूलो, सानो हामी हेर्दैनौँ । अनुहार पनि हेर्दैनौँ । राजनीतिक पार्टी पनि हेर्दैनौँ । ’
मन्त्री गुरुङले वित्तीय अनुशासन उलंघन गर्नेहरूलाई सरकारले नछोड्ने बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij