Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त


  • 1.8K
    Shares

    विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त
    images

    ओखलढुंगा । विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन् । 

    गत असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए । जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो । 

    अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । 

    जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ । खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ ।  
     

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १४:५९:२७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij