Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कोशी प्रदेशसभामा विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की, मतविभाजनबाट निर्णय

कोशी प्रदेशसभामा विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की, मतविभाजनबाट निर्णय


  • 1.6K
    Shares

    कोशी प्रदेशसभामा  विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की, मतविभाजनबाट निर्णय

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु भएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन सबै राजनीतिक दलसँग पुनः माग गरेलगत्तै मत विभाजन सुरु भएको हो । 

    कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् । कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपाएकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेको ४० र राप्रपाको ६ सांसदले समर्थन गरेका छन् ।

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १२:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij