Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय

कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय


  • 2.5K
    Shares

    कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

    बिहीबार बिहान बसेको माओवादी केन्द्रको कोशी प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको एक नेताले बताए ।

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन् ।

    यसअघि नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग ४०, सत्ता सहयात्री दल राप्रपाको ६ सिट छ । त्यसैले मुख्यमन्त्रीलाई प्रदेशसभाको विश्वास आफूमाथि छ भन्ने पुष्टि गर्न थप एक मत आवश्यक पर्नेछ ।

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १३:०४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij