Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बजेट पारित गर्ने बैठकमा कांग्रेसका पाँच सांसद अनुपस्थित

बजेट पारित गर्ने बैठकमा कांग्रेसका पाँच सांसद अनुपस्थित


  • 1.8K
    Shares

    बजेट पारित गर्ने बैठकमा कांग्रेसका पाँच सांसद अनुपस्थित

    काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने संसद बैठकमा नेपाली कांग्रेसका पाँच सांसद अनुपस्थित भएका छन् । बुधबार संसदमा बजेटको पक्ष र विपक्षमा मतदान भएको थियो । विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत खसेको थियो ।

    कांग्रेसबाट रक्षामन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्का उपस्थित हुन सकेनन् । खड्का गैर आवासीय नेपाली संघको कार्यक्रममा लागि ओमान गएका छन् । कांग्रेसबाट संसदमा उपस्थित हुन नसक्ने अन्यमा आरजु राणा, विष्णुबहादुर कार्की, मनोरमा शेरचन र वीरबहादुर बलायर छन् ।

    राणा दुई दिनअघि उपचारका लागि जापान गएकी छन् । कार्की भारत गएका कारण उपस्थित हुन सकेनन् । शेरचन विरामी रहेको र बलायर परिवारमा एक सदस्य गुमेकाले उपस्थित हुन सकेनन् । कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन परेका छन् ।

    प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विपक्षमा मतदान गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १६:५९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij